शैलुङमा ‘चौँरीसँग जंगली बसाई’, टेन्ट राखेर बसाइको व्यवस्था

रामेछाप । रामेछापको ऐतिहासिक पर्यटकीय क्षेत्र शैलुङमा बिहीबारबाट हुने लागेको चौँरीसँग जङ्गली बसाई कार्यक्रमको तयारी पूरा भएको छ । याक तथा चौँरी पर्यटन विकास कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन आउने पाहुनाको लागि शैलुङ डाँडामा टेन्ट राखेर बसाइको व्यवस्था मिलाइएको छ । रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङ प्राकृतिक हिसाबले अत्यन्त मनोरम छ ।…