नयाँ बर्ष मनाउन आएका २ भारतीय पर्यटकको मृत्यु

रौतहट । रौतहट स्थित भारत बिहार राज्यको सीतामढी बाट अंग्रेजी नयाँ बर्ष मनाउन आएका दुईजना युवकको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ। जिल्लाको उतरिभेग चन्द्रपुर नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार राती ठक्कर दिँदा सवार मध्ये दुईजना भारतीय युवकको मृत्यु भएको हो ।…