तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौँ । तिहार पर्वको अवसरमासमेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी यही कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक बिदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको हो । भाइटिकाको दिन भने सो प्रणाली बन्द हुनेछ । उक्त प्रणाली बिहान १० बजेदेखि अपराह्न…