११ अंकले ओरालो लाग्यो नेप्से, १ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ओरालो लागेको छ । बजार सुधारका लागि नियामक निकाय मौन बसेपछि लगानीकर्तामा निराशा छाएको हो । बिहीबार नेप्से सूचक ११.०४ विन्दुले घटेर १९५६.९२ अंकमा झरेको छ । यस दिन १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह घटेका छन्…