लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण गर्न सहकार्य

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ । लुम्बिनी पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र कोषबीच सहकार्य गर्नुपर्ने खाँचो रहेको छलफलका सहभागीले औँल्याएका थिए । कार्यक्रममा कोषका कोषाध्यक्ष ढुण्डिराज…