काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले प्रिमियममा आइपिओ निष्कासन रोक्न नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ। बिहीबारको समितिको बैठकले कम्पनीहरूलाई बीमा ऐन विपरीत प्रिमियममा आइपिओ निष्कासनअनुमति दिएको भन्दै त्यस्तो कार्य तत्काल सच्चाउन निर्देशन दिएको हो। प्रिमियममा सेयर बिक्री गर्न स्वीकृति दिएर कानुन र लगानीकर्ताको हितविपरीत काम गरेको समितिको निष्कर्ष छ। ‘बीमा कम्पनीलाई प्रिमियममा सेयर…