राष्ट्र बैंकले एक वर्षमा कमायो साढे ७३ अर्ब

काठमाडौं – नेपाल राष्ट्र बैंकले एक वर्षमा साढे ७३ अर्ब रुपैयाँ खुद आम्दानी गरेको छ । राष्ट्र बैंकले यस आवमा अघिल्लो आवको तुलनामा २१.९६ प्रतिशत धेरै आम्दानी गरेकाे छ । बैंकको सञ्चालक समितिको गत कात्तिक २९ गते बसेको बैठकले खुद मुनाफाबाट कोषमा छुट्याउनुपर्ने रकम विनियोजन गरेपछि बाँकी ३७ अर्ब २२ करोड रुपैयाँ सरकारलाई उपलब्ध गराउने…