काठमाडौँ- मंगलबार सेयर बजार ५.०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६१३ मा कायम भएको छ । दिनभर बजारको उतारचढाव न्यून रह्यो । परिसूचक बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको भयो । १०६ कम्पनीको मूल्य बढ्दा १३९ को…