काठमाडौं- आवेदकहरु कोही पनि अन्तिम छनोट सूचीमा नपरेपछि सरकारी कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति अनिश्चित बनेको छ। छनोटको परीक्षामा आवेदक सबै अनुत्तीर्ण भएपछि छनोट तथा सिफारिस समितिले बुधबार सूचना जारी गरेको छ। कम्पनीमा रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि छनोट गरी सिफारिस गर्न असोज तेस्रो साता दरखास्त खुलेको थियो। कम्पनीले…