काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानमा रातिदेखि निरन्तर पानी परिरहेको छ । निरन्तरको वर्षाले सडकमार्ग मात्रै होइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका उडान पनि प्रभावित भएका छन् । शुक्रबार बिहानलाई तय भएका धेरैजसो उडान प्रतिकूल मौसमका कारण प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार आज बिहानलाई तय भएका चारवटा माउन्टेन फ्लाइट रद्द भएका छन् ।…