दाङमा वार्षिक ६०९ टन माछा उत्पादन, भुरा उत्पादनमा भने भएन आत्मनिर्भर

दाङ । दाङमा वार्षिक छ सय नौ टन माछा उत्पादन हुने गरेको छ। केही वर्ष अघिसम्म माछाको लागि पनि बाह्य जिल्लाको भर पर्नुपर्ने अवस्था थियो। अहिले आन्तरिक उत्पादनले बजार मागलाई धान्न थालेको छ। माछाका लागि अन्य जिल्लाको भर पर्नुपर्ने अवस्था नभएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत प्रेम चौधरीले बताए।…