काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ८३.४० प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो होटलले २९ करोड ७२ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । असार मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल २ अर्ब २४ करोड रुपैयाँ आम्दानी…