बरामद भएकाे सुन ब्रेक सुसहित जाेख्दा १५५ केजी

काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट बरामद भएको सुन जडित ब्रेक सुकाे ताैल १५५ केजी भएकाे छ । राष्ट्र बैंककाे टक्सार महाशाखाले ब्रेक सुसहित जोख्दा १५५ केजी भएको राजस्व अनुसन्धान विभागले जनाएकाे छ । बरामद भएको सुन नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो । त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्ने तयारी गरिएकाे छ ।…