बेलायती राजकुमारले पदयात्रा गरेकाे राेयल ट्रेककाे प्रवर्द्धन गरिने

गण्डकी । गण्डकी प्रदेशभित्रका विभिन्न पदमार्गमध्येको एक हो ‘रोयल ट्रेक’ । तत्कालीन बेलायती राजकुमार चार्ल्सले २०३९ सालमा पदयात्रा गरेको यो पदमार्गसँगै प्रदेशमा विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि, मर्दी, सहस्राब्दी आदि चर्चित पदमार्ग छन् । तत्कालीन समयमा युवराज चार्ल्सले विजयपुरस्थित चाँपको चौरबाट पदयात्रा थालेका थिए । उनले पहिलो दिन विजयपुरमाथिको चिन्तेको डाँडामा पुगी…