काठमाडौं । माथिल्लो मैलुङ खोलाको आइपिओमा आवेदन दिने आइतबार अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आइतबार कार्यालय समयभित्र यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड…