जुम्ला । जिल्लाको चन्दननाथ नगरपालिका(४ मा अवस्थित धिमीचौर पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा तीव्र गतिमा विकास भइरहेको छ। प्राकृतिक सौन्दर्य र रमणीय वातावरणले भरिपूर्ण यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको छ। यहाँका फूलले ढकमक्क पाटन, घना जंगलको काखमा रहेको ठूलो फाँट र मनमोहक दृश्यले पर्यटकलाई लोभ्याइरहेको छ। विशेषगरी साउन र भदौ…