काठमाडौँ । नेपालमा मासिक पर्यटक आगमन औसत मासिक ९६ हजार २ सय ८१ जना रहेको पाइएको छ । सन् २०२५ को पहिलो ६ महिना (जनवरी-जुन) मा ५ लाख ७७ हजार ६ सय ८९ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार यो आगमन २०२४ को यसै अवधिको तुलनामा भने घटेको हो ।…