होटल व्यवसायलाई उत्पादनमूलक उद्योगसरह सुविधा दिन सरकार लागेको छ: मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले होटल व्यवसाय पर्यटनसँग प्रत्यक्षरूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर सुविधा दिने विषयमा सरकार लागि परेको बताउनु भएको छ । मंगलबार जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालसहितको टोलीले दिएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै ऊर्जामन्त्री खड्काले पर्यटन र होटल व्यवसाय देशको अर्थतन्त्रलाई टेवा दिने क्षेत्रभएकोले…