काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर एक लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ…