दमौली– जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ । आर्थिक वर्ष २०८१-८२ को कार्यक्रमअनुसार केन्द्रले उक्त क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको हो । केन्द्रले ब्लक विकास कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–९ स्थित अस्पाग्दी सुन्तला विकास कृषक समूहमार्फत तीन हजार १५० सुन्तलाका बोट लगाइएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । उनका अनुसार यस…