इलाम -अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका-६ स्थित हात्तीढुंगेको १४ रोपनी भिरालो जमिनमा वन तरुलको व्यावसायिक खेती थालिएको छ । हात्तीढुंगे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वन तरुल खेती सुरु गरेका हुन् । हात्तीढुंगे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार वार्षिक रु. २५ हजार भाडा तिर्ने गरी भिरालो जग्गामा तरुल खेती सुरु गरिएको…