आगामी मंसिर ५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लडाइँ पहिचानको’ को ट्रेलर सार्वजनिक भएको छ। यो चलचित्रले तत्कालीन प्रदेश नम्बर १ (हालको कोशी प्रदेश) मा पहिचानको माग गर्दै भएको ऐतिहासिक र संवेदनशील आन्दोलनलाई केन्द्रविन्दुमा राखेको छ। यो चलचित्रले पहिचानको मुद्दा, विद्रोह र राज्यसँगको संघर्षको कथालाई गहिरो रूपमा केलाएको छ। सार्वजनिक ट्रेलरमा आन्दोलनकारीले प्रदेशको नाम ‘किरात…