राजधानीमा शुक्रबार (२ माघ) बाट १४ औँ संस्करणको नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२६ आयोजना हुने भएको छ । महोत्सवमा यस पटक नेपालसहित २० देशका ४३ वटा चलचित्र छानिएका छन् । चलचित्र विकास बोर्ड चाबहिल, काठमाडौँमा आयोजना हुने महोत्सवमा नेपाली समूहमा करिब ४ दर्जनभन्दा बढी चलचित्र, वृत्तचित्र एवम् लघु चलचित्रबाट २० वटा चयन गरिएको महोत्सवका निर्देशक…