काठमाडौं । बलिउडका बरिष्ठ अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित बंगला(घर)लाई लक्षित गरी बम विस्फोटको धम्की दिइएको इमेल प्राप्त भएको खबर सार्वजनिक भएको छ । शुक्रबार मुम्बई प्रहरीले उक्त कुरा उल्लेख गरेको छ । मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्स (बीकेसी) क्षेत्रमा रहेको एउटा विद्यालयमा उक्त धम्कीपूर्ण इमेल प्राप्त भएको थियो । यस घटनाबारे मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ…