यस्तो बन्यो ‘झरीपछिको इन्द्रिणी’को पोस्टर

नागराज इन्टरटेन्मेन्ट प्रालिको निर्माण र हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोस्टरमा फिल्मका प्राय सबै मुख्य कलाकारको क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो फिल्म छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए ।…