पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमसँगै मेला, महोत्सवमा थारू जातिको मौलिक संस्कृतिका रूपमा रहेका नृत्यमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ का जानकी चौधरीसहित संस्कृति संरक्षणमा जुटेका छन् । पुराना पुस्ताले जगेर्ना गर्दै आएको रीतिरिवाज, परम्परालाई जोगाइराख्न नयाँ पुस्ताको…