महानगरले ७१ लाखमा निमार्ण गर्यो भार्लाङ सिँचाइ योजना, अब बाह्रैमास तरकारी खेती गर्न सकिने

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । महानगरपालिकाको ७१ लाखको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरीन् । महानगरपालिकाले भूमिगत सिँचाइलाई पनि प्राथमिकता दिइरहेको छ । ५ वर्षको अवधिमा विभिन्न अयोजनामार्फत समन्वय गरेर ७ हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको प्रमुख दाहालले बताइन् ।…