महाकाली सिँचाइ : तेस्रो चरणको मूलनहर निर्माण गर्न थप ५ प्याकेजमा ठेक्का सम्झौता

कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइअन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँचवटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिृकत इञ्जिनियर उमेश गुप्ताले मूलनहरअन्तर्गत २८ किलोमिटरसम्मको नहर र्निाणको अन्तिम चरणमा पुगेको बताए । 'शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वतर्फ केही भागमा नहर निर्माण बाँकी छ,'उनले भने, 'अबको दुई-तीन…