काठमाडौं । नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज उदघाटन हुँदै छ । प्रधानमन्त्री प्रचण्डले आज सबस्टेसज र प्रसारण लाइनको उदघाटन गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड आज मध्याह्न हवाई उडानमार्फत् चितवन जाँदै छन् । प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीमा मर्स्याङ्दी करिडोर २२० केभी…