यस्ता छन् ‘उज्यालो नेपाल’ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अहिलेसम्मका उपलब्धि

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विविध कार्यक्रमसहित २८औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सव समारोहका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाउँदै केन्द्रलगायत सम्बन्धित निकायसँग समन्वयको अनुरोध गरेका छन् । नवीकरणीय ऊर्जाको विकासका लागि त्यससम्बन्धी विधेयक यथाशीघ्र पारित गर्नुपर्ने पक्षमा आफू रहेको…