काठमाडौं — कुलेखानी जलाशयको जलसतह सुक्खायाम र बढ्दो विद्युत् मागका कारण ४३.५८ मिटरले घटेको छ। गत वर्ष असोज १० देखि १२ सम्मको अविरल वर्षाले जलाशय पूर्ण रूपमा १,५३० मिटरमा भरिएको थियो। तर, हाल सुक्खायाममा विद्युत् उत्पादन बढाउँदा जलसतह १,४८६.४२ मिटरमा झरेको कुलेखानी जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टले बताए। “सुक्खायाममा विद्युत् माग उच्च हुन्छ, त्यसैले आवश्यकताअनुसार…