मेलम्ची खानेपानी आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्नुपर्छ: खानेपानीमन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्नुपर्ने बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिले निर्णय प्रक्रियामा ढिलाइ गर्दा यसको कामले गति लिन नसकेको उनले जिकिर गरे । त्यसमा सुधार ल्याउन आयोजनाको निर्णय प्रक्रियामा नै पुनर्संरचना गर्न आवश्यक रहेको उनले औँल्याए । राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको मंगलबारको बैठकमा…