काठमाडौं । काठमाडौं बूढानीलकण्ठ नगरपालिका–५ का केही क्षेत्रमा खानेपानीको समस्या देखिएको छ । वडाको छाप टुसाल गाउँमा पानी नआउँदा मारमा परेको स्थानीयले गुनासो गरेका छन् । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको पानीको मुहान ट्यांकी निकुञ्जले भत्काइदिँदा बूढानीलकण्ठ छाप टुसाल गाउँमा खानेपानीको हाहाकार मच्चिएको स्थानीयको भनाइ छ । छाप टुसाल खानेपानी व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर तामाङले…