दाउन्नेमा सडक चिप्लो : पूर्व-पश्चिम राजमार्ग बन्द

 नवलपुर । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो…