झोलुंगे पुल बनेपछि डेढ घण्टाको बाटो ५ मिनेटमा छोटियो

म्याग्दी - भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका-४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ। एक सय १२ मिटर लामो पुलबाट धवलागिरि-४ खिवाङ, वडा नं ५ मलम्पार र मराङका एक सय ७० घरका आठ सय ५० जनसङ्ख्या लाभान्वित भएका छन्। रू ५७ लाख ५२ हजार पाँच सय ८८ को…