एसियाली मुलुकबिच सडक सञ्जाल जोड्ने एसियाली राजमार्ग निर्माण तिव्र

काठमाडौ । एसियाली मुलुकबिच सडक सञ्जाल जोडेर निर्वाध आवतजावत तथा व्यापार गर्न पाउने अवधारणा अन्तर्गत नेपालमा निर्माण सुरु गरिएको एसियाली राजमार्ग (एसियन हाइवे) को निर्माण तीव्र गतिमा अगाडि बढेको छ । दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक) कार्यक्रम अन्तर्गत पूर्व पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–लौकही खण्ड र कञ्चनपुर–कमला खण्डमा निर्माणाधीन यस राजमार्गको ठेक्का सम्झौता भई काम सुरु भएको…