नेपाली सेनाले माग्यो वृक्षरोपण हेरालु पदका लागि कर्मचारी

काठमाडौं । नेपाली सेनाले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाका लागि वृक्षरोपण हेरालु पदका लागि कर्मचारी मागेकाे छ । सेनाले सूचना जारी गर्दै वृक्षरोपण हेरालु पदका लागि करारमा ८ जना कर्मचारी माग गरेको हो । बोटबिरुवा रोपाइ तथा हेरविचारसम्बन्धी ज्ञान भएको व्यक्ति र उमेर ५० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । सामान्य शारीरिक जाँच…