लामो समयदेखि अलपत्र पासाङल्हामु मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने

बाँके । विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिए । उहाँका अनुसार नेपालगञ्जको सुर्खेतरोडबाट टाँगा स्टेशन जोड्ने पाँच सय ५० मिटर लामो र आठ मिटर चौडा पासाङल्हामु…