ढोरपाटन । सङ्घीय सरकारले आर्थिक वर्ष २०७७/०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भए । अहिले केही पालिकाले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी पालिका स्तरीय आधारभूत अस्पतालको सेवा प्रवाह गरिरहेका छन् भने कहीँ…