काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित कार्यालयमा रहेको ‘एक्सन रुम’ बाट दुई सडक आयोजनाको अनुगमन गरेका छन् । उनले सोमबार अपराह्न एक्सन रुममा बसेर नारायणघाट–बुटवल सडक र मुग्लिङ–पोखरा सडक आयोजनाको अनुगमन गरिरहेको मुख्य सचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए । लामो समयदेखि निर्माणाधीन रहेको दुवै सडक आयोजना ठेकदारको ढिलासुस्तीका कारण निर्माण सम्पन्न भएको छैन…