भक्तपुर। तीन वर्षमा सकाउने योजनासाथ सुरु भएको भक्तपुरको मध्यपुर थिमिस्थित कमेरोटार जग्गा एकीकरण आयोजना २१ वर्षसम्म पनि नसकिंदा स्थानीय पीडित भएका छन् । आयोजना सुरु भएको दुई दशकसम्म पनि नसकिंदा विकासको पूर्वाधार सडक, पानी, ढल निकासलगायतका योजनाहरु सम्पन्न नहुँदा स्थानीय पीडित बनेका हुन् । 'खानेपानी, ढल निकास, सडकलगायतको अभाबमा हामी दुई दशक अघि देखि नै…