पूर्व–पश्चिम राजमार्ग : ३० हजार रूख काटिने, ७२ वटा पुल बनाइने

सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मधेस प्रदेशको पूर्वमा सिरहादेखि पश्चिममा बाराको पथलैयासम्म चार लेनको सडक निर्माणको काम भइरहेको छ । विसं २०२१ मा तत्कालीन सोभियत संघको सहयोगमा निर्माण भएको २ लेनको पूर्व–पश्चिम राजमार्गलाई अहिले विश्व बैंकको लगानीमा स्तर वृद्धि गरेर ४ लेनको बनाउने काम सुरु भएको हो । विश्व बैंकले दिन लागेको ८८ अर्ब ऋण सहयोगबाट…