काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा सञ्चालित ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत छवटा खानेपानी आयोजना सम्झौता गरिएको छ । गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी ९नेवा० नामक संस्थाबीच खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी द्विपक्षीय सम्झौता भएको हो । गाउँपालिका अध्यक्ष दिनेश लामा र नेवा संस्थाका बागमती प्रदेश प्रमुख मैत्रेयी शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरी सोमबार द्विपक्षीय सम्झौता गरिएको…