लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले भैरहवाका व्यवसायीलाई आन्दोलन स्थगित गर्न आग्रह गरेका छन् । शुक्रबार बेलुका गौतमबुद्ध विमानस्थलमा आन्दोलनरत पक्षसँग कुराकानी गर्दै मन्त्री किराँतीले भने, 'आन्दोलन गरेर हुँदैन । भएको पनि झन् झन् बिग्रिन्छ । त्यतातिर नजान म गम्भीरताका साथ अनुरोध गर्दछु । देश अप्ठयारो अवस्थामा छ । अप्ठयारोका बीच हामीले…