काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण कार्य सुरु गरिएको छ। काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र पर्यटकीय क्षेत्र नगरकोट नजिकै रहेको सो ठाउँमा पर्यटकलाई आकर्षण गर्नका लागि पर्यटकीय ताल निर्माण थालिएको हो। बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा ताल निर्माण सुरु गरिएको हो। अहिले ताल निर्माणका लागि विजयरलोटसरतेजस्वी जेभीले…