काठमाडौँबाट साउदी अरेबिया सीधा उडान सुरु

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सीधा उडान सुरु गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबारदेखि काठमाडौँ–दमाम गन्तव्यमा सीधा उडान सञ्चालन गरिएको छ । उडान तालिकाअनुसार काठमाडौँबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा १२६ यात्रु थिए भने काठमाडौँ फर्कँदा ११७ यात्रु रहेको निगमले उल्लेख…