बजेट ‘झिँगाकाे टाउकाे’ जत्राे, गफचाहिँ रेलमार्गबाट समृद्धिकाे !

काठमाडौँ । नेपालमा विकास भन्नेबित्तिकै सडक बुझिन्छ । अनि विकासे मन्त्रालयका रूपमा भैतिक पूर्वाधार मन्त्रालय । यो मानसिकता गाउँदेखि सिंहदरबारसम्मै व्याप्त छ । हुन त सडकलाई नै पूर्वाधारको पहिलो खुड्किलो मानिन्छ । तर, कतै हामी पहिलो खुड्किलोमै सीमित त भएनौँ ? किनकि नीति निर्माणदेखि नेतृत्व तहसम्म सबैले वर्षौँदेखि सडक–सडक भनिरहँदा विकासका अन्य पूर्वाधार छायामा परिरहेको…