तानाशाही भनिएका राणा शासकले यसरी बनाएका थिए सयाैँ झोलुंगे पुल

राणा प्रधानमन्त्री चन्द्रशमशेरले स्कटल्यान्डको एबरडिनबाट सामग्री मगाएर बनाएका धेरै पक्की झोलुंगे पुलमध्ये कास्कीबाट मुस्ताङ जाने बाटोमा पर्ने तातोपानीमा कालीगण्डकीमाथि बनाइएको पुल पनि एक हो । राणा प्रधानमन्त्री वीरशमशेरको समयमा नै धेरैजसो कामको निर्णय गर्ने जिम्मा पाएका त्यसबेलाको पश्चिम कमान्डिङ अफिसर चन्द्रशमशेरले १९५६ सालदेखि नै नेपालमा झोलुंगे पुल राख्ने अभियानको सुरुआत गरेका थिए । यी झोलुंगे…