नारायणगढ–बुटवल सडक : ५ वर्षमा ४१ प्रतिशत मात्र प्रगति

नवलपरासी । नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१.१७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट देखि दाउन्ने सम्मको ६४.४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१.१७ प्रतिशत पुगेको हो । साढे ३ वर्षमा सडक निर्माणको काम सक्ने र ५ वर्षसम्म निर्माण…