७ वर्षपछि पुन: सञ्चालनमा आयो बेगखोलाको पक्की पुल

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल सञ्चालनमा आएको छ। पुल सञ्चालन आएसँगै खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ। ७ वर्षअघि बेगखोलामा आएको बाढीले ‘बेलीब्रिज’ बगाएपछि बर्खायाममा खोलाबाट सवारीसाधन वारपार गर्न समस्या थियो। बेनी–जोमसोम–कोरला सडक योजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले पुलमा शनिबारदेखि सवारीसाधन सञ्चालन गर्न…