काठमाडौँ - ललितपुरको व्यस्त ग्वार्को चोकमा निर्मित देशकै पहिलो फ्लाई ओभरले पूर्णता पाएको छ। पटकपटक म्याद थप र प्राविधिक जटिलताका कारण ढिलाइ भएको यो परियोजना आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् उद्घाटन गर्दै हुनुहुन्छ। यो फ्लाई ओभरले ट्राफिक जामको समस्या घटाउने अपेक्षा गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास…